

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु



बर्दिया । बाघको आक्रमणबाट बर्दियाको बारबर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बबई नदीमा नुहाउन गएका बेला नदी किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते बालकको उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएको स्थानीयवासीले बताएका छन् ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया