

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु



बर्दिया । बाघको आक्रमणबाट बर्दियाको बारबर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बबई नदीमा नुहाउन गएका बेला नदी किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते बालकको उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएको स्थानीयवासीले बताएका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया