

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : गण्डकीकाे पहिलाे जित, अञ्जली र ज्याेत्स्निकाकाे अर्धशतक




प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले पहिलाे जित निकालेकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले हरायाे । गण्डकीले दिएकाे १ सय ४२ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि गाैरी बाेहाेराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चाैधरीले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायाे । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्याेत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्याेत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए ।
याे जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । गण्डकी पहिलाे खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएकाे थियाे । कर्णाली लगातार दाेस्राे हारसहित तालिकाकाे पुछारमा छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया