आशा लघु वित्तद्धारा चेक हस्तान्तरण
रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ७ बनगाई स्थित आशा लघु वित्तले ग्रामिण महिला तथा बचतकर्ताहरुलाई प्रदान गर्ने सुविधा अन्र्तगतको काजक्रिया खर्चबापतको रकम हस्तान्त्रण गरको छ ।
बिपन्न समुदायको निम्ति आशा , हामी जे बोल्छौ त्यो गर्छौ भन्ने मुल मान्यताका साथ २०७३ सालमा स्थापना भएको यस लघुवित्त बित्तीय संस्थाले ८ बर्षको छोटो समयमा आफ्नो पहिचान बनाउन सफल छ भने संस्थाले जिल्लाको विभिन्न पालिकाका स्थानीय ग्रामीण महिलाहरूलाई आत्मा निर्भर बनाउने उद्वेश्यले विभिन्न किसिमका कार्यक्रमहरु संचालन समेत गर्दै आएको छ ।
सोही अनुसार आफ्नना बचतकर्ताहरूलाई संस्थाबाट प्रदान हुने सेवासुबिधामा कमी नरहेको जानकारी गराउदै कपिलवस्तुको बुद्धभुमि नगररपालिका वडा नंम्बर ३ स्थित समूह न।१२० कि सदस्य तुलमाया पोख्रेलका श्रीमान खुमानन्द पोख्रेललाई वहाँले यस संस्थाबाट लिएको १लाख कर्जा सहित क्रिया बापत २५ हजार र नगद ७३ हजार २ सय ७२ रूयिया बराबरको चेक शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ।
चेक ग्रहण गर्दै स्वर्गीय तुलमायाका श्रीमान खुमानन्द पोख्रेलले संस्थालाई धन्यवाद दिदै सम्पूर्ण दिदीबहिनीहरूलाई समूहमा आबद्व हुन समेत आग्रह गरेका थिए ।
कार्यक्रम बनगाई शाखाका प्रबन्धक रमेश क्षेत्रीको अध्यक्षता ,पत्रकार रामबहादुर गन्धर्वको प्रमुख आतिथ्यता र संस्थाका कर्मचारी महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया