

बैंक र बीमा कम्पनीले हिजो एकैदिन तिरे ११ अर्ब कर, आजसम्म तिर्नेलाई ब्याज छुट



काठमाण्डाै : बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हिजो एकैदिन ११ अर्बभन्दा धेरै कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार हिजो झण्डै ३० वटा कम्पनीले कर तिरेका छन् ।
सर्वोच्च अदालतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम बैंक र बीमा कम्पनीहरुले कर तिरेका हुन् । यसअघि आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमा कम्पनीहरुले दायर गरेको रिट सर्वाेच्चको संवैधानिक इजलासले खारेज गरेको थियो ।
मङ्सिर मसान्त अर्थात् आजसम्म कर तिरेमा करमा लाग्ने जरिबाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । यसैअनुसार आज शनिवार पनि कर कार्यालयहरु र राजस्व सङ्कलन गर्ने काउन्टर खुला रहनेछन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया