

हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह


काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।
मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर चलाउन तथा कपडा कागजजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्न समेत उल्लेख गरेको छ । हिटरको प्रयोग गर्दा समय–समयमा बन्द गर्न र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खु्ल्ला ठाउँमा जडान गर्न समेत मन्त्रालयको सूचनामा उल्लेख छ ।



खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया