

शेयर बजार साढे ६ अङ्कले बढ्याे, ३ अर्ब १५ कराेड रुपैयाँकाे काराेबार



काठमाण्डाै : शेयर बजार आज बिहीवार पनि बढेकाे छ । हिजाे बुधवार सामान्य बढेकाे शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नाै सय ९४ दशमलव ६० विन्दुमा पुगेकाे छ ।
आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्राेफाइनान्स र व्यापार बाहेक अरू समूहकाे शेयर बढेकाेमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन र हाइड्राेपावर समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।
आज बाेटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्राे डेभलपर्स, नेपाल रिपब्लिक मिडियाकाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन गुराँस लघुवित्तकाे शेयर झन्डै पाँच प्रतिशतले घटेकाे छ ।
आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे १६ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया