

शेयर बजारमा तेस्राे ‘सर्किट ब्रेक’, आजलाई काराेबार बन्द



काठमाण्डाै : शेयर बजारमा आज आइतवार ३ पटक ‘सर्किट ब्रेक’ लागेकाे छ । तेस्राे पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई काराेबार बद्दद भएकाे छ ।
आज बजार खुलेकाे ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे थियाे । ११ बजेर २५ मिनेटमा खुलेकाे बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दाेस्राे सर्किट ब्रेक लागेर ४० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेकाे बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आजका लागि काराेबार भन्द भएकाे हाे ।
अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।
याेसँगै आइतवार शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ विन्दुमा पुगेकाे छ । आज ९ मिनेटकाे काराेबारमा १३ लाख कित्ता शेयर ४८ कराेड २४ लाख रुपैयाँमा काराेबार भयाे ।
माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समीक्षापछि शेयर बजार बढेकाे हाे । शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएकाे हाे ।
आज बीमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज रिलायन्स फाइनान्स, जाेशी हाइड्राेपावर, राप्ती हाइड्राे, शुभम् पावर र कालिञ्चाेक दर्शनकाे शेयर १० प्रतिशतले बढेकाे छ । शेयर बजारमा सर्किट ब्रेक लागेकाे दिन ५ वटा कम्पनीकाे शेयर सामान्य घटेकाे छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया