
लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सव सम्पन्न

कपिलवस्तु । काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ ।
लुम्बिनीमा आयोजित महोत्सवको प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गोरखाका परिवार लगायतका हजारौं स्थानीयको उपस्थिति थियो ।
नेपाल र भारत बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै मुख्य माध्यम रहेको वक्ताहरुको जोड थियो ।
भारत–चीन सिमासंग जोडिएको लद्दाखबाट आएका बौद्ध गुरुहरुद्वारा मायादेवि मन्दिर नजिक बनाइएको “मण्डपम” उद्घाटन गरि महोत्सवको शुरुआत गरिएको आयोजकले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया