

खाना पकाउँदा आगो लागेर एक महिला गम्भीर घाइते



दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा एक महिला आगो लागेर गम्भीर घाइते हुनुभएको छ ।
खाना पक्राउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँदा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
आगोले छाती र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइते जैसीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया