
बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ : बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव सैद्धान्तिकरूपमा स्वीकृत गरेको ढाका ट्रिब्युनले जनाएको छ।
अर्थमन्त्री एएचएम मुस्ताफा कमलको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाली बिजुलीलाई तिर्नुपर्ने शुल्क भने खुलाइएको थिएन। यसबारे मन्त्रिपरिषद्कै सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)को बैठकमा छलफल हुनेछ।
गत अगस्ट २८ मा ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट बिजुली आयात लगभग निश्चित भएको बताएका थिए। त्यसो त बंगलादेशले जाडो याम सुरु हुनुअघि नै नेपालबाट बिजुली आयात गर्ने योजना बनाएको थियो। त्यसको बदला बंगलादेशले पनि आफ्नो बढी भएको बिजुली नेपाललाई निर्यात गर्ने भनेको थियो।
बंगलादेशमा जाडो याममा बिजुलीको माग घट्छ भने नेपालमा बढ्ने गर्छ।
बंगलादेशी सञ्चार माध्यमहरूले जनाएअनुसार, नेपाल, भारत र बंगलादेशबीच राजनीतिक र कर्मचारीस्तरमा लामो छलफलपछि भारतले बंगलादेशलाई आफ्नो प्रसारणलाइन पूर्वाधार प्रयोग गरी नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न दिने सहमति जनाइसकेको छ। यही वर्षको मे १४ र १५ मा बंगलादेशको पतुवाखालीमा बसेको दुई दिने संयुक्त सञ्चालन समिति (जेएससी) र संयुक्त कार्यसमिति (जेडब्ल्युसी) बैठकबाट नेपालबाट बिजुली आयात सुरु गर्ने निर्णय भएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया