

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने



काठमाडौँ : बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव सैद्धान्तिकरूपमा स्वीकृत गरेको ढाका ट्रिब्युनले जनाएको छ।
अर्थमन्त्री एएचएम मुस्ताफा कमलको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाली बिजुलीलाई तिर्नुपर्ने शुल्क भने खुलाइएको थिएन। यसबारे मन्त्रिपरिषद्कै सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)को बैठकमा छलफल हुनेछ।
गत अगस्ट २८ मा ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट बिजुली आयात लगभग निश्चित भएको बताएका थिए। त्यसो त बंगलादेशले जाडो याम सुरु हुनुअघि नै नेपालबाट बिजुली आयात गर्ने योजना बनाएको थियो। त्यसको बदला बंगलादेशले पनि आफ्नो बढी भएको बिजुली नेपाललाई निर्यात गर्ने भनेको थियो।
बंगलादेशमा जाडो याममा बिजुलीको माग घट्छ भने नेपालमा बढ्ने गर्छ।
बंगलादेशी सञ्चार माध्यमहरूले जनाएअनुसार, नेपाल, भारत र बंगलादेशबीच राजनीतिक र कर्मचारीस्तरमा लामो छलफलपछि भारतले बंगलादेशलाई आफ्नो प्रसारणलाइन पूर्वाधार प्रयोग गरी नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न दिने सहमति जनाइसकेको छ। यही वर्षको मे १४ र १५ मा बंगलादेशको पतुवाखालीमा बसेको दुई दिने संयुक्त सञ्चालन समिति (जेएससी) र संयुक्त कार्यसमिति (जेडब्ल्युसी) बैठकबाट नेपालबाट बिजुली आयात सुरु गर्ने निर्णय भएको थियो।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया