

रुपन्देही : भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ५६ बोरा चिनीसहित २ जना पक्राउ



बुटवल : रुपन्देही प्रहरीले झन्डै १२ लाख रुपैयाँ बराबरको अवैध चिनीसहित २ जना व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका -५ पर्सहवाबाट ५६ बोरा चिनी र पिकअप भ्यान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउदै गरेका बुटवल उपमहानगरपालिकाका ३२ वर्षे ईश्वर भुसाल २० वर्षे अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको छ । उनीहरूले लु २ च २४ नम्बरको पिकअप गाडीमा भारतबाट लुकाइछिपाइ भन्सार छली नेपालतर्फ अवैध रूपमा चिनी ल्याउँदै थिए ।
प्रहरीले पक्राउ परेका व्यक्तिसहित गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया