

एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने



काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ । लेखा समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘एनसेलले आफ्नो शेयर बिक्री गरेको भन्ने सुन्नमा आएको छ । समितिका २५ जना सदस्य बैठकमा बसेर यसबारे के भएको छलफल गर्दै छौँ ।’
यता सार्वजनिक लेखा समितिले पनि एनसेन खरिद बिक्रीको बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया