
कांग्रेसको लुम्बिनी सम्मेलनमा ३ वटा प्रतिवेदन पेश

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र चलिरहेको छ ।
जारी बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन पेश गरेको कांग्रेसका प्रदेश सदस्य विष्णु पोखरेलले जानकारी दिए ।
प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए । शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।
बन्दसत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल ९मुस्कान० को सञ्चालनमा चलिरहेको छ ।
बन्दसत्रमा कांग्रेस केन्द्रीय सदस्य डा। चन्द्र भण्डारी, पुस्पा भुसाल, दीपक गिरी, डा। गोविन्द पोखरेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाकलगायतका केन्द्रीय सदस्य उपस्थित छन् । सम्मेलनले नयाँ कार्ययोजनासहित नीति सम्मेलनमा पेश गर्ने प्रस्ताव तयारी गर्ने सभापति अमरसिंह पुनले बताए । सम्मेलन आजै सकिनेछ ।
प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ संस्थाका प्रतिनिधि गरी ७ सय ५० जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया