

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु




बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुवारी स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सूर्यपूरा–३ सिद्धार्थ बोर्डिंग स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुक्सना खातुन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा घाइते १७ वर्षीया अप्सना खातुनको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने बस जलाएका छन् । उनीहरुले प्रदर्शन पनि गरिरहेका छन् । घटनापछि बस चालक फरार रहेका र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया