

बाणगंगाको बुङ्चिमा बसको ठक्करबाट एक किशोरीको मृत्यु, एक जना घाइते




ई–साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी वर्ष १८/१९ की सृष्टी बि.सीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो । उहाँका अनुसार साइकलमा सवार वर्ष ४४ की निर्मला बि.सी घाइते हुनुभएको छ । उहाँको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
साइकलमा सवार रहेका उनीहरुलाई बसले बाणगंगा नरपालिका वडा नम्बर ४ बुङ्चिमा ठक्कर दिएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया