

बाणगंगाको बुङ्चिमा बसको ठक्करबाट एक किशोरीको मृत्यु, एक जना घाइते



ई–साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी वर्ष १८/१९ की सृष्टी बि.सीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो । उहाँका अनुसार साइकलमा सवार वर्ष ४४ की निर्मला बि.सी घाइते हुनुभएको छ । उहाँको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
साइकलमा सवार रहेका उनीहरुलाई बसले बाणगंगा नरपालिका वडा नम्बर ४ बुङ्चिमा ठक्कर दिएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया