

मंगलबारदेखि पुनः बाणगंगामा साप्ताहिक बजार बन्द लागु



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र भोलि मंगलबार (भोली) देखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ अन्र्तगत आबद्ध व्यवसायिहरुलाई संघले मंसिर ५ गते मंगलबार देखि साप्ताहिक बजार बन्द गर्न भनेको हो ।
बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।
मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिएका छन् । उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।
गत तीज देखि छठ पर्व सम्म झण्डै चार महिना नियमित बजार खुला गरिरहेका व्यवसायिकहरुले नेपालीहरुका मुख्यमुख्य चाडपर्वहरु सकिएसँगै अब साप्ताहिक बजार बन्द गर्ने भएका हुन । यहाँका बजार र व्यवसायीहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघले नियमन गर्दै आएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया