

मंगलबारदेखि पुनः बाणगंगामा साप्ताहिक बजार बन्द लागु



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र भोलि मंगलबार (भोली) देखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ अन्र्तगत आबद्ध व्यवसायिहरुलाई संघले मंसिर ५ गते मंगलबार देखि साप्ताहिक बजार बन्द गर्न भनेको हो ।
बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।
मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिएका छन् । उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।
गत तीज देखि छठ पर्व सम्म झण्डै चार महिना नियमित बजार खुला गरिरहेका व्यवसायिकहरुले नेपालीहरुका मुख्यमुख्य चाडपर्वहरु सकिएसँगै अब साप्ताहिक बजार बन्द गर्ने भएका हुन । यहाँका बजार र व्यवसायीहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघले नियमन गर्दै आएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया