

सोमनाथ सापकोटा अन्तर्राष्ट्रिय समन्वयकर्ता मनोनीत



रुपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिकाले गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय समन्वयकर्ता मनोनीत गरेको छ । संयुक्त अधिराज्य बेलायत निवासी सापकोटालाई नगरपालिकाले नगरपालिकालाई कुनै आर्थिक भार नपर्ने गरी अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनीत गरेको नगरप्रमुख सजरुदिन मुसलमानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका र बुद्ध परिथपका पालिकाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, बुद्धको मार्गदर्शन र शान्तिको सन्देश विश्वभर फैलाई लुम्बिनी र बुद्ध परिथपको पर्यटन पवर्द्धन र विकासमा सापकोटाको भूमिका महत्त्वपूर्ण रहने उनले मनोनयन पत्रमार्फत विश्वास लिएका छन् ।
‘विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी र बुद्ध परिथपको पर्यटन पवर्द्धन र विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र अनुभव आदानप्रदान गर्न लुम्बिनी बुद्ध परिथपका पुरातत्त्व र ऐतिहासिक क्षेत्रको अध्ययन, अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, बुद्धको मार्गदर्शन र शान्तिको सन्देश विश्वभर फैलाउन यहाँबाट विगत बर्षदेखि नै लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनीलाई प्राप्त सल्लाह, सहयोग र सुझावको लागि हार्दिक धन्यवाद प्रकट गर्दछौँ’, पत्रमा भनिएको छ, ‘विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका र बुद्ध परिथपका पालिकाहरुको राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, बुद्धको मार्गदर्शन र शान्तिको सन्देश विश्वभर फैलाई लुम्बिनी र बुद्ध परिथपको पर्यटन पवर्द्धन र विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र अनुभव आदानप्रदान नगरपालिकालाई कुनै आर्थिक भार नपर्ने गरी यहाँलाई अन्तर्राष्ट्रिय समन्वयकर्तामा मनोनीत गरिएको ब्यहोरा अनुरोध गर्दछु ।’
सापकोटाले यसअघि पनि नेपाल सरकारको पर्यटन सद्भावना दूतका रुपमा रही नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया