

अटो दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु

दाङ । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बुधवार दिउँसो बंगलाचुली– ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।
घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान गएको जानकारी दिनुभयो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया