

अटो दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु



दाङ । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बुधवार दिउँसो बंगलाचुली– ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।
घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान गएको जानकारी दिनुभयो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया