

दुई थान बन्दुकसहित चारजना पक्राउ



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियार सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट वन्यजन्तुको सुकुटी बरामद गरेको छ ।
बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणसहित निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले शनिबार दुई थान भरुवा बन्दुक, ४० किलो भन्दा बढी जरायो जस्तो देखिने मासुको सुकुटी, दुईटा जरायोको सिंगलगायत बन्दोबस्तीका सामान बरामद गरेको जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामकाअनुसार पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका(१ तेलपानीका ६६ वर्षिय गगन वली,सोही पालिका( १ तेलपानीका ४३ वर्षिय यम बहादुर वली,सोही ठाउँका ३८ वर्षिय चन्द्र बहादुर वली र सोही ठाउकै ३८ वर्षीय दिल बहादुर वली रहेको बताए ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा घरमै गई पक्राउ गरिएको उनले जनाए । गगन र चन्द्रबहादुरको घरबाट भरुवा बन्दुक सहित सुकुटी बरामद गरिएको हो । उनीहरुलाई आइतबार सार्वजनिक गर्दे वन्यजन्तु ऐन अन्तर्गत कारबाही चलाइएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया