
दुई थान बन्दुकसहित चारजना पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियार सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट वन्यजन्तुको सुकुटी बरामद गरेको छ ।
बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणसहित निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले शनिबार दुई थान भरुवा बन्दुक, ४० किलो भन्दा बढी जरायो जस्तो देखिने मासुको सुकुटी, दुईटा जरायोको सिंगलगायत बन्दोबस्तीका सामान बरामद गरेको जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामकाअनुसार पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका(१ तेलपानीका ६६ वर्षिय गगन वली,सोही पालिका( १ तेलपानीका ४३ वर्षिय यम बहादुर वली,सोही ठाउँका ३८ वर्षिय चन्द्र बहादुर वली र सोही ठाउकै ३८ वर्षीय दिल बहादुर वली रहेको बताए ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा घरमै गई पक्राउ गरिएको उनले जनाए । गगन र चन्द्रबहादुरको घरबाट भरुवा बन्दुक सहित सुकुटी बरामद गरिएको हो । उनीहरुलाई आइतबार सार्वजनिक गर्दे वन्यजन्तु ऐन अन्तर्गत कारबाही चलाइएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया