
बाणगंगाबाट मिसावटयुक्त घिउसहित एकजना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट प्रहरीले मिसावटयुक्त घिउसहित एकजनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर १ बैरियाबाट प्रहरीले ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय नागरिकलाई पक्राउ गरेको हाे ।
मंगलबार बिहान ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको प्रहरीको टाेलीले लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षिय रञ्जन सहनीलाई पक्राउ गरिएको जनाएको छ।
ईलाका प्रहरी कार्यालय पिपराले मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउ सहित डाल्डाका खाली ड्रम पनि बरामद गरेको बताएको छ ।
प्रहरी निरिक्षक रायमाझिका अनुसार बरामद घिउ र नियन्त्रणमा लिइएका रञ्जन सहनिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ । बरामद घिउ ल्याव परिक्षणका लागि पठाउने गरि जिम्मा लगाइएको रायमाझीले ई-साझाकुरालाई जानकारी दिनुभयाे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया