लुम्बिनी प्रादेशिक अस्पतालको टोली भुकम्प प्रभावित क्षेत्रमा हिड्यो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधि लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिए ।

भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पतालका एमडीजीपी डा। सुनिल सुनारको नेतृत्वमा ६ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया