

तीनवटा सवारीसाधन ठोक्किदा एकको मृत्यु, तीन जना घाइते



बाँके । बाँकेमा तीनवटा सावरीसाधन एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित सडकमा भे २ त २४३ नम्बरको ट्याक्टरमा भे ५ प ५०५ नम्बरको मोटरसाइकल ठक्कर खाई भे १२ प ८२८ नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा भे ५ प ५०५ नम्बरको मोटरसइकलमा सवार नेपालगंज उपमहानगरपालिका(१४ बस्ने २४ वर्षीय अमृत गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको मेडिकल कलेज कोहलपुरमा र २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया