सेयर बजार आजबाट खुल्ने

काठमाडौं( बडादशैंको अवधिभर बन्द रहेको सेयर बजार आज आइतबारदेखि खुल्ने भएको छ। करिब एक सातादेखि बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको हो।

आज आइतबारदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ। यतिबेला लाभांशको सिजन चलिरहेको छ। कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन्।

अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ।

प्रतिक्रिया

खबर सबै