

चिप्लिएर खोलामा खस्दा दाङमा एकजनाको मृत्यु

दाङ । दाङमा शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।
लमजुङ मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो ।
सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया