

पाल्पा दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका



पाल्पा
आइतबार साँझ पाल्पामा भएको कार दुर्घटनामा ज्यान गुमाउनै सबै एकै परिवारका भएको खुलेको छ।
मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्।
त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्। उनी जिपका चालक हुन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कारमा सवार उनीहरु पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गर्दा दुर्घटनामा परेका इन्सपेक्टर चन्दले जानकारी दिए। उनीहरु सबैको घटना स्थलमै मृत्यु भएको हो। दसैँको बेला रानीमहल घुम्न गएको बेला उनीहरु दुर्घटनामा परेका हुन्।
तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १ सय मिटर तल खसेको थियो। दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रुपमा मृतक र घाइतेको उद्धार गरेको थियो।
जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया