
दाङमा १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ

दाङ । दाङमा आज बुधवार दिउँसो १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ परेका छन् । तुलसीपुरबाट १ लाख रुपैयाँ लुटेर भागेका २ युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकाले लगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेरा हालेर लुटेराको खोजी थालेको थियो ।
प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया