

माओवादी नेता पुनले भने, ‘संघीयता कार्यान्वयन मर्म अनुसार भएन’



बुटवल । नेकपा माओवादीका लुम्बिनी प्रदेश इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी नेपाली विविधता अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ ।
नेकपा माओवादी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पुनले संघीयता सुधारका लागि सबैभन्दा पहिले राजनीतिक उत्तरदायित्व र स्थिरता आवश्यक रहेकोे जनाए । उनले संविधानले व्यवस्था गरेका विकेन्द्रित विषय प्रदेश र स्थानीय तहसम्म ल्याउने उपलब्धिलाई संस्थागत गर्ने नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न जरुरी रहेको उनले बताए । नेता पुनले संघीयताको नयाँ संरचना प्रदेशलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
धिकार विकेन्द्रितमा संघीय सरकार लचिलो नहुने र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पनि संघीय संविधानले आफूलाई दिएको अधिकारबारे केन्द्रसँग बहस गर्ने क्षमताका नहुँदा समस्या रहेकोे उनले जनाए । माओवादीको कारण आएको संघीयता माओवादी कमजोर भएका कारण पनि संस्थागत हुन र समृद्ध बन्न नसकेको उनले बताए ।
सका लागि माओवादी सच्चिँदै जनसगठन बिस्तारमा लागेको उनले बताए ।राजनीतिमा युवा सहभागिता घट्दै गएको बताउँदै इन्चार्ज पुनले अब युवा महिला र सीमान्तकृत समुदायलाई जोड्न अभियान चलाएको बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया