
माओवादी नेता पुनले भने, ‘संघीयता कार्यान्वयन मर्म अनुसार भएन’

बुटवल । नेकपा माओवादीका लुम्बिनी प्रदेश इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी नेपाली विविधता अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ ।
नेकपा माओवादी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पुनले संघीयता सुधारका लागि सबैभन्दा पहिले राजनीतिक उत्तरदायित्व र स्थिरता आवश्यक रहेकोे जनाए । उनले संविधानले व्यवस्था गरेका विकेन्द्रित विषय प्रदेश र स्थानीय तहसम्म ल्याउने उपलब्धिलाई संस्थागत गर्ने नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न जरुरी रहेको उनले बताए । नेता पुनले संघीयताको नयाँ संरचना प्रदेशलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
धिकार विकेन्द्रितमा संघीय सरकार लचिलो नहुने र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पनि संघीय संविधानले आफूलाई दिएको अधिकारबारे केन्द्रसँग बहस गर्ने क्षमताका नहुँदा समस्या रहेकोे उनले जनाए । माओवादीको कारण आएको संघीयता माओवादी कमजोर भएका कारण पनि संस्थागत हुन र समृद्ध बन्न नसकेको उनले बताए ।
सका लागि माओवादी सच्चिँदै जनसगठन बिस्तारमा लागेको उनले बताए ।राजनीतिमा युवा सहभागिता घट्दै गएको बताउँदै इन्चार्ज पुनले अब युवा महिला र सीमान्तकृत समुदायलाई जोड्न अभियान चलाएको बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया