

अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ


कपिलवस्तु । अर्घाखाँचीबाट तस्कर गरी ल्याइदै गरेको रक्तचन्दन सहित ८ जनालाई प्रहरीले कपिवस्तुबाट पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टलको परिमाणमा रहेको रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको हो ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।
रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन् ।



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया