
एमाले बाणगंगाद्धारा स्वर्गीय भण्डारीको संझनामा श्रद्धाञ्जली सभा

कपिलवस्तु : नेकपा (एमाले) कपिलवस्तुका संगठित पार्टी सदस्य विष्णु प्रसाद भण्डारीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. भण्डारीको संझनामा लोहरी वगियामा बुधबार ७ औं दिनको स्मृतिमा नेकपा (एमाले) बाणगंगा वडा नं. ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
भण्डारीको गत विहिबार ७१ वर्षको उमेरमा आफनै निवास लोहरिवगियामा आश्विन ४ गते निधन भएको थियो । श्रद्धाञ्जली सभामा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्मा, नेकपा (एमाले) नेता एवम् एमाले कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, समाजसेवी शसि सापकोटाले शोक मन्तब्य राख्नु भएको थियो ।
शोक मन्तब्य राख्नुहुने बक्ताहरुले स्व. भण्डारीको निधनबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको र एक होनहार अनुशासित पार्टीको कार्यकर्ता गुमाउदा सिंगो पार्टी र समाजलाई क्षती पुगेको बताउनु भयो । सभामा स्व. विष्णु प्रसाद भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको थियो । स्व. भण्डारीका ५ छोरी र १ छोरा गरी ६ सन्तान रहेका छन् ।
वडा कमिटी अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता, एमाले जिल्ला कमिटी सदस्य भिष्मराज भुसालको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा बाणगंगा नगरपालिका प्रमुख एवम् एमाले नेता चक्रपाणी अर्याल, धर्मराज भुसाल, धनु अधिकारी विश्राम प्रसाद थारु, शंकर पाण्डे, युवराज पोख्रेल, रिता थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उपस्थिती रहेको एमाले बाणगंगाले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया