

बाणगंगामा विद्युतीय साधनको कारोबारका लागि खुल्यो न्यु गुराँस ट्रेड लिङ्क





कपिलवस्तु :
विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ ।
उद्घाटनका दिन १७ ओटा सवारी बिक्री भएको तथा ४ ओटाको बुकिङ्ग भईसकेको सञ्चालन शान्तराज गैरेले बताएका छन् ।
विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि सञ्चालनमा आएको ट्रेड लिङ्कको सोमबार (आज) एक भब्य समारोहका बिच उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेले उद्घाटन गर्नुभयो ।
बाणगंगाका ६ व्यवसायीहरुको सवा करोड भन्दा बढिको लगानिमा सुरु गरिएको उक्त ट्रेड लिङ्कले इन्धनको अभावलाई रोक्न महत्वपुर्ण भुमिका खेल्ने विश्वाल लिइएको छ ।
विश्व बजारमा द्रुत गतिमा विकास भैरहेको इलेक्ट्रिकका सवारी साधन (इभि) को प्रयोगलाई कपिलवस्तुमा समेत बढाउन यस्तो व्यवसाय सुरु गरिएको सञ्चालकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कपिलस्तुका अध्यक्ष घिमिरेले व्यवसायीहरुका हरेक काममा आफु र संघ साथमा रहेकोले ढुक्क भएर लगानि गर्न आग्रह गर्नुभएको छ ।
बढ्दो वैदेशिक पलायनलाई रोक्ने प्रेरणको स्रोतका रुपमा ६ जना युवाहरु उभिएकोमा खुसी व्यक्त गर्दै सहकार्यको लागि तत्पर रहेको बताउनु भएको थियो ।
त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ले यस ट्रेड लिङ्कले रोजगारको अभावमा भौतारिरहेकालाई समेत सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभएको छ । यस्तो आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानि गर्न हिम्मत गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभएको थियो । फरक प्रसङ्गमा उहाँले राज्यले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्राम भन्ने योजनालाई छिटो कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गर्नुभएको थियो ।
त्यस्तै चेम्बर अफ कमर्स कपिलवस्तुकी अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको सुभकामना दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभाग्गे थारुले विद्युतिय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने जिकिर गर्नुभएको थियो । आफुले विगत देखि नै विद्युतिय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यस्को सम्भावना प्रसस्त रहेको बताउनु भएको थियो ।
सञ्चालक विश्नु प्रसाद गैरेले स्वागत मन्तब्य राख्दै विश्व बजारमा नै व्यवसायीहरु धरासयि बनिरहेको अवस्थामा आफुहरुले हिम्मत गरेर महत्त्वपूर्ण कदम चालेकोले यसमा जिल्लाका सबै संघ सस्था र ब्याक्तिहरुले सहयोग गर्नेमा विस्वास ब्याक्त गर्नुभएको थियो ।
सञ्चालकहरु, जिल्लका व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गर्नुभएको थियो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया