

तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना, ६ जना घाइते



दाङ । तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दाङको तुलसीपुरबाट छुटेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङमा आज दिउँसो साढे ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्याम सारु मगरले जानकारी दिए।
दुर्घटनामा परी रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङका २५ वर्षीय जेनीसा डागी, गंगादेब गाउँपालिका वडा नम्बर ३ बडा ढुङगाका ४४ बर्षिय मोहन केसी र गंगादेब गाउँपालिका–२ हेलुम खोलाका ४० बर्षिय सीता बिक घाइते भएको उनले बताए।
घाइते मध्य जेनीसा, मोहन र सीताको अवस्था मध्यम रहेको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको डिएसपी सारु मगरले बताए। अन्य तीन जनाको अवस्था सामान्य छ। गाडीमा २० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया