

तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना, ६ जना घाइते


दाङ । तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दाङको तुलसीपुरबाट छुटेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङमा आज दिउँसो साढे ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्याम सारु मगरले जानकारी दिए।
दुर्घटनामा परी रोल्पाको गंगादेब गाउँपालिका–२ ओइलाङका २५ वर्षीय जेनीसा डागी, गंगादेब गाउँपालिका वडा नम्बर ३ बडा ढुङगाका ४४ बर्षिय मोहन केसी र गंगादेब गाउँपालिका–२ हेलुम खोलाका ४० बर्षिय सीता बिक घाइते भएको उनले बताए।
घाइते मध्य जेनीसा, मोहन र सीताको अवस्था मध्यम रहेको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको डिएसपी सारु मगरले बताए। अन्य तीन जनाको अवस्था सामान्य छ। गाडीमा २० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया