विश्वविद्यालयमा लागेको ताला एक महिनापछि खुल्यो

दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि खुलेको हो ।

यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको वार्तामा विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिले औंल्याएका विषयहरू अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सेवा आयोगका आगामी विज्ञापनका आवेदनहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यसैगरी विश्वविद्यालयका अति संवेदनशील शाखा, विभागमा कार्यरत प्राध्यापक र कर्मचारीहरूको आवश्यकता र औचित्यको न्यायोचित व्यवस्थापन गर्ने र सेवा आयोगबाट लिइने कर्मचारीका परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङ जिल्लामै सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ ।

प्रतिक्रिया

खबर सबै