

आजको मौसम : तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं
मनसुनको न्यूनचापीय रेखा बिहीबार सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र रहेको छ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर हुँदा मनसुन तुलनात्मक रूपमा कम सक्रिय हुन्छ ।
आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङसँगै हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया