
लागुऔषध ब्राउनसुगर सहित बाणगंगाबाट एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिमा वडा नम्बर ३ बभनी बाट इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले ति युवकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर बस्ने वर्ष २६ को घनश्याम मुराउलाई उनको साथबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक रायमाझीका अनुसार पक्राउ परेका मुराउको साथबाट लागुऔषधसहित लु ८३ प ९७६२ नम्बरको मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको छ ।
पक्राउ परेका मुराउ उपर बिहिबार जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ । बुधबार आज सार्वजनिक विदा भएका कारण उनलाई आज ईलाका प्रहरी कार्यालय पिपराले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया