

लागुऔषध ब्राउनसुगर सहित बाणगंगाबाट एक युवक पक्राउ



कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिमा वडा नम्बर ३ बभनी बाट इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले ति युवकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर बस्ने वर्ष २६ को घनश्याम मुराउलाई उनको साथबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक रायमाझीका अनुसार पक्राउ परेका मुराउको साथबाट लागुऔषधसहित लु ८३ प ९७६२ नम्बरको मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको छ ।
पक्राउ परेका मुराउ उपर बिहिबार जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ । बुधबार आज सार्वजनिक विदा भएका कारण उनलाई आज ईलाका प्रहरी कार्यालय पिपराले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया