

साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने भने घटे



काठमाण्डाै
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा रेमिट्यान्स १५ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २० प्रतिशले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स साढे २१ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ ।
यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्यामा १२ दशमलव १ प्रतिशतले कमी आई ३९ हजार एक सय ५२ जना कायम भएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे १९ प्रतिशतले कमी आई १६ हजार चार सय २३ जना रहेको छ । अघिल्लो वर्षको साउनमा विदेश जाने श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७५ प्रतिशतले बढेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया