
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम रिजालका अनुसार सेपानेका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादुर पुन र लीलबहादुर पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकको नेतृत्वमा चार जना प्रहरी खटाइएको छ । सो स्थानमा सोमबार दिउँसो करिब ३ बजे हावाहुरीसहित चट्याङ परेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया