

अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते



अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम रिजालका अनुसार सेपानेका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादुर पुन र लीलबहादुर पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकको नेतृत्वमा चार जना प्रहरी खटाइएको छ । सो स्थानमा सोमबार दिउँसो करिब ३ बजे हावाहुरीसहित चट्याङ परेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया