
एमाले लुुम्बिनीको प्रदेश अधिवेशनका लागि छानिए १ हजार ४ प्रतिनिधि

रुपन्देही । नेकपा एमालेको प्रदेश अधिवेशनका लागि लुम्बिनी प्रदेशमा १ हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । एमालले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दै छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।
शनिबार लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट र केन्द्रीय सदस्यसमेत रहेका प्यूठानका हरि रिजाल माण्डवी गाउँपालिकाबाट प्रतिनिधि छनोट भएका छन् ।
प्रदेशको अधिवेशन मिति नजिकिँदै गर्दा एमाले प्रदेश पार्टी कार्यालय बुटवलमा सोमबार बुटवलका सम्पादकहरुसँग अधिवेशनकै सन्दर्भमा इन्चार्ज पद्यमा अर्यालले कुराकानी गर्दै अहिले भइरहेको चर्चा केही गलत भएको दाबी गरिन । उनले कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको स्पष्ट पारिन् । प्रदेश अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर एमाले नेताहरु भित्रै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आ–आफ्ना गुट चलाइरहेको चर्चा बढेको छ ।
रिजाल केन्द्रीय सदस्य भएपनि उनी प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित प्रतिनिधि छनोट भएपछि एमाले भित्र महासचिव शंकर पोखरेलले रिजाललाई अघि सारेका चर्चा चलेको हो । एमाले भित्र कँडेललाई उपाध्यक्ष पौडेलले अघि सारेको चर्चा छ ।
एमालेले पहिलो अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दै छ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रति जिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने उनले जानकारी दिइन् । एमालेले यसअघिको प्रदेश कमिटीमा रहेकालाई आयोजक कमिटी मानेर स्वतः प्रतिनिधि गराउने व्यवस्थालाई निरुत्साहित गर्दै प्रदेश कमिटीका अध्यक्षलाई समेत आफ्नो क्षेत्रबाटै निर्वाचित भएर आउनु पर्ने बनाएको छ ।
सचिव अर्यालले शनिबार भएको प्रतिनिधि छनोटमा एमालले पार्टीले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिनिधि छनोट भएर आएको प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए । एमालेको प्रदेश अधिवेशन नेतृत्व चयनको अधिवेशन मात्र हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया