

पाल्पामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु


पाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तर्गत पाल्पको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका–२, का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।
जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घठनामा मोटरसाइकलको पछाडी बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१, का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नयव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्तित युनाइटेड मिसन अस्पताल ल्याएकामा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेकामा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको छ । मोटरसाइकल गएराती साढे १ बजे दुर्घटना भएको थियो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया