

माछा मार्ने क्रममा कुलोले बगाउँदा बाणगंगामा एक महिलाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर ति महिलाको मृत्यु भएको हो ।
सोही ठाउँ बस्ने गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।
मृतक थारुका श्रीमान सहित २ छोरी र एक छोरा छन् । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया