

पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति बुटवलमा बिरोध प्रदर्शन



बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धविरुद्धमा विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सिद्धार्थ राजमार्गको बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा प्रदर्शन गरेका हुन् ।
मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित बिहान ८ देखि एक घण्टा चक्काजाम गरेका थिए । सरकारले प्रटोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको छ ।
सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया