

अर्घाखाँचीमा बाँदर धपाउँदा बन्दुक पड्किएर एकजनाको मृत्यु



अर्घाखाँची । मकैबारीमा आएका बाँदर धपाउने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किदा अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ ।
मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्किएर गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।
भरुवा बन्दुक नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया