

अर्घाखाँचीमा बाँदर धपाउँदा बन्दुक पड्किएर एकजनाको मृत्यु




अर्घाखाँची । मकैबारीमा आएका बाँदर धपाउने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किदा अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ ।
मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्किएर गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।
भरुवा बन्दुक नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया