
करेन्ट लागेर कपिलवस्तुमा ६ वर्षीय बालिकाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक ६ वर्षीय बालिकाको ज्यान गएको छ । जिल्लाको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ति बालिकाको मृत्यु भएको हो ।
विजयनगर गाउँपालिकाको वडा नम्बर २ जरलैया बस्ने चाँद अली भाँटको ६ वर्षीय छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो १ बजेको समयमा घरको नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट प्रवाह हुँदा साहिनाको मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर साहिनाको हजुरआमा ४८ वर्षिय अन्जुम भाँट घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा अन्जुम घाइते भएको र उनको अवस्था सामान्य रहेको वडा अध्यक्ष नेपाल चौधरीले जानकारी दिनु भयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया