
नक्कली नोटसहित बुटवलबाट २ जना पक्राउ

रूपन्देही । रुपन्देहीको सैनामैनाबाट प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका–९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको हो ।
सैनामैना नगरपालिका–१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको थियो । सोही विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलका लागि पुगे ।
सोही क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया