
नियुक्तिमै विवादमा परेका उपाध्यक्ष लामाले भने, ‘लुम्बिनी विकास कोष मेरा लागि गहन जिम्मेवारी हो’

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेको आरोपको खण्डन आफ्नो कामबाट गर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै लामाले हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत आफूलाई अभियुक्त बनाउनेसँग कानुनी लडाई लडेर आएको दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला । तर, मेरो लागि गहन जिम्मेवारी हो ।’ सार्वजनिक जीवनमा प्रवेश गरेको २३ वर्षमा आफूले गरेका काम राज्यको रेकर्ड र पब्लिक अडिटमा रहेको भन्दै उनले आफूमाथि लाग्ने आरोप निराधार रहेको समेत दाबी गरेका छन् ।
उनले सञ्चारमाध्यममा आएका समाचारले आफ्नो चरित्रहत्या गरेको समेत आरोप लगाए । अदालती परीक्षणमा सफाइ पाइसकेको विषयलाई आरोपका रुपमा उल्लेख गर्नु अदालतको अपहेलना हुने समेत उनको दाबी छ ।
सरकारले उनलाई ५ वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । उनको नियुक्तिको व्यापक आलोचना भइरहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया