

बुटवलमा आजदेखि डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान



बुटवल
बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि आजदेखि खोज र नष्ट गर अभियान सञ्चालन गर्दै छ । बुटवलका १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए । विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराइने उनले बताए ।
छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गरिने छ । उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेंगीका संक्रमितको संख्या नबढीसकेकोले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ । ‘१९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौं ।’–उनले भने, ‘यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागिता र सचेतना जरुरी हुन्छ, यदि व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौं, पानी जम्न दिनुभएन र लामखुट्टेको टोकाइबाट बच्नुपर्यो ।’
उनले हरेक कार्यालयहरुमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकै रुपमा सञ्चालन हुने उनले बताए।
संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरुले संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गरेको छ । रुपन्देहीमा ४६ जना संक्रमित फेला परेको अस्पतालहरुले बताएपनि बुटवलमा अहिलेसम्म संक्रमित फेला परेका छैनन्।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया