

सडक मै रात बिताउँदै आएका व्यक्तिको उद्धार

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ मा रात बिताउँदै आएका ५ जनालाई उद्धार गरेर निलसागर सेवा आश्रमको जिम्मा लगाइएको छ ।
केही दिन अघिदेखि सडकमै खाने–बस्ने गरेका २ पुरुष र तीन महिलालाई बिहीबार दिउँसो राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टसहितको टोलीले उद्धार गरेर निलसागर सेवा आश्रमको जिम्मा लगाइएको हो ।
उद्धार गरिएकामध्ये २ जनालाई आश्रमको शाखा कार्यालय राप्ती गाउँपालिका वडानम्बर ८ पिपरीमा राखिएको छ । तीन जना भने बिरामी समेत रहेकाले उपचारमा सहज होस् भनेर आश्रमको केन्द्रीय कार्यालय नेपालगन्ज पठाइएको छ ।
उद्धार टोलीमा राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यवाहक अध्यक्ष गरिबु चौधरी, वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, समाजसेवी तपराज आचार्य, माधव खनाल लगायत थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया